इन्द्रेणी संवाददाता
हापुरे, ९ असोज । दाङको बबई गाउँपालिकाले बिद्यालय सञ्चालनका लागि अनुगमन सुरु गरेको छ । असोज ११ गतेदेखि बिद्यालय सञ्चालनको तयारी गरेको गाउँपालिकाले विहीबारदेखि अनुगमन सुरु गरेको हो ।
पहिलो चरणमा जनकल्याण माबि पदमपुर, भानुभक्त माबि कौशिलापुर, सरस्वती माबि चरकमटिया, सुधा शाह आधारभुत बिद्यालय छाउनीडाँडामा गएर अनुगमन गरिएको छ । बिद्यालय सञ्चालन गर्दा पर्ने समस्या र यसलाई समाधान गर्ने गरी गाउँपालिकाको टोलीले अनुगमन गरेको हो ।