इन्द्रेणी संवाददाता
दाङ, ६ असोज । दाङमा सामुदायक वन क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा भत्काइएको छ । राप्ती गाउँपालिका वडा नं. ४ को शान्ति सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका झण्डै २०० टहरा भत्काइएको हो ।
यो भर्खर मात्रै अतिक्रमण गरिएको क्षेत्र रहेको डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत लालबावु यादवले बताए । हामीलाई खबर भएपछि टोली पुग्यो र अतिक्रमण क्षेत्रका टहरा हटाइयो’, यादवले भने, ‘जग्गाको पुर्जा पाइने लोभले वन क्षेत्र अतिक्रमण गरेको पाइयो ।’
सुरक्षाकर्मीसहित गएको वनको कर्मचारीको टोलीले टहरामा आगो लगाएर हटाएको थियो । दाङमा सुकुम्वारी, कमैयालगायतका वहानामा हजारौं वन क्षेत्र अतिक्रमण हुँदै आएको छ ।