तुलसीपुर, ३ असोज । संविधान दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले शुभकामना दिएका छन् ।
संविधान गतिशिल दस्तावेज भएको उल्लेख गर्दै मुलुकलाई संघीय व्यवस्थातर्फ लैजान उल्लेखनिय भुमिका रहेको शुभकामना सन्देशमा लेखिएको छ । ‘नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले सबै समुदाय, वर्ग,जाति, धर्म लगायतको मर्मलाई आत्मसाथ गर्न सफल भएको छ ’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
संविधानको मर्म अनुसार स्थानीय सरकारमा सबै अधिकार प्रत्यायोजन हुन नसकेको भन्दै संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारका बारेमा स्पष्ट कानुनी व्यवस्था हुन आवश्यक रहेको उल्लेख गर्दै संघीयताको पूर्ण कार्यान्वयन नै संविधानको सफलता भएको शुभकामना सन्देशमा लेखिएको छ ।