इन्द्रेणी संवाददाता
दाङ, १ असोज । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा बिनोदकुमार शर्मा निर्वाचित भएका छन् । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रालिको सल्लाहकारमा निबर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको छ । सो अबसरमा बोल्दै नबनिर्बाचित अध्यक्ष बिनोदकुमार शर्माले यातायात क्षेत्रको बिकासमा आफू निरन्तर लागिपर्ने बताएका थिए ।