इन्द्रेणी संवाददाता
तुलसीपुर, ३१ भदौ । तुलसीपुर उपमहानगरपािलकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमको स्वागत गरिएको छ ।
गौतमको स्वागत गर्दै कार्यवाहक नगरप्रमुख माया शर्माले तुलसीपुरलाई समृद्ध वनाउने यात्रामा सारथी वन्न सुझाव दिइन् । ‘जनताको काम न्यायपूर्ण ढँगले गर्नुहोला’ उनले भनिन् ।
त्यसैगरी सो अवसरमा वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछाने, शिक्षा समिति संयोजक देवराज विक लगायतले शुभकामना दिएका थिए । सो अवसरमा गौतमले सबैको भावना वुझेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘नैतिक मर्यादा र सीमा नभुलेर काम गर्नेछु’ उनले भने ।