इन्द्रेणी संवाददाता
दाङ, २८ भदौ । दाङमा भोलि भदौ २९ गतेदेखि रातीको समायमा मात्रै निषेधाज्ञा हुने भएको छ । आजको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले भोलिदेखि साँझको ७ बजेदेखि विहान ६ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
व्यापार व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । यो आदेश अर्काे सूचना जारी नहँदासम्म लागु हुनेछ ।
