इन्द्रेणी संवाददाता
दाङ, २४ भदौ । दाङमा अहिले ११४ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा ६२ जना रहेका छन् ।
दाङमा दुई वटा गाउँपालिमामा कोरोना मुक्त रहेको जनस्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । भदौ २३ गतेसम्मको तथ्याङ्क अनुसार जिल्लाको बबई गाउँपालिका र वंगलाचुली गाउँपालिकामा अहिले कोरोना संक्रमितको संख्या शून्य छ ।
अहिलेसम्म दाङमा ८४३ जनामा कोरोना संक्रमणपुष्टि भएको छ भने त्यसमध्येमा ७२७ जना डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म जिल्लामा दुई जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।