तिर्थराज ज्ञवाली
देउखुरी, २३ भदौ । कोरना कहरसँगै नागरिकले अनेक जुक्ति र सोच सुरु गरेको पाइएको छ । कोरोना संक्रमणको डरले सबै जसो घरमै बसीरहदा अव के गर्ने भन्ने सोचका साथ राप्ती गाउँपालिकामा धेरैले नयाँ कामको सुरुवात गरेको पाइएको छ ।
कोरोना संक्रमणको कारणले धेरै जना विदेशबाट घर फर्किएर स्वदेशमै केही गरौ भन्ने अभिप्रायले विभिन्न पेश सुरु गरेको पाइएको छ ।
छोट्की सिसहनियाका खेमराज खड्काले भारतको दिल्लीबाट आएर कुखुरा पालन गर्दै आएका छन् । अनिल चौधरीले कतारबाट आएर घर निर्माण सम्वन्धि परामर्श तथा निर्माण एजेन्सी खोलेर घर निर्माण कार्य थालेकी छन् ।
तरकारी खेतिको सुरुवात, पशुपंक्षि मंत्स्य, माहुरी पालन तथा ब्यापार तथा उद्योग सुरु गरेका छन् । विगतमा भूमिगत राजनीति गरी शान्ति स्थापना पश्चात ओमन गएका राप्ती गाउँपालिका वडा नंं ३ मसुरियाका तुला गिरीले मसुरीया बागढड्डीमा हार्डवेयर्स पसल सुरु गरेकी छन् ।
राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका १ सय ३० जनालाई विभिन्न ब्यवसाय सञ्चालन, ब्यवस्थापन तथा प्रोत्साहन वापत अनुदान सहयोग गरेको छ ।
नेपाल सरकार, प्रदेश सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारीसमा कोभिड बाट प्रभावित बैदेशीक रोजगारी गुमाएका वा यस क्षेत्रमा रहेर कृषि ब्यवसाय, बाख्रा पालन, कुखुरा पालन तथा फलफुल खेति गरेका प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएको प्राविधिक सहायक बरसाति गडरीयाले जानकारी दिए ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पहलमा घर आएका परदेसीलाई राजगारीको अनुभुति गराउने उदेश्यका साथ १३० जनालाई अनुदान उपलब्भ गरिएकोे हो । प्रति कृषक २० हजारका दरले अनुदान प्राप्त गरेपछि थप उत्साहका साथ धेरैले ब्यवसाय बृद्धिमा सोत लागेको प्राविधिक सहायक सिमा भट्टले जानकारी दिएका छन् ।