Indrenionline.com

दाङमा निषेधाज्ञाको आज अन्तिम दिन, जारी राख्ने कि हटाउनेबारे आज निर्णय हुने

इन्द्रेणी संवाददाता
दाङ, २१ भदौ । दाङ जिल्लामा कोरोना संक्रमणको जोखिमलाई बढ्न नदिन जारी गरिएको एक हप्ताको निषेधाज्ञाको समय आज सकिदैछ । भदौ १४ गते राति १२ बजेबाट लागु गरिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिदैछ ।

अब निषेधाज्ञा गर्ने वा हटाउने अथवा स्वरुप परिवर्तन गरेर जाने भन्ने बारे आज बस्ने जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

बैठक आज बस्दैछ । पछिल्ला दिनमा दाङमा दैनिकजसो फाटफुट रुपमा कोरोना संक्रमण देखिदै गएको छ । शनिवार मात्रै जिल्लामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।