इन्द्रेणी संवाददाता
दाङ, २० भदौ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण न्यूुनिकरण गर्न जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने बताएका छन् ।
नेपाल औषधि थोक व्यवसायी संघ ५ न. प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा शनिबार भर्चुअल संवाद सम्पन्न भएको छ ।संवादमा अध्यक्ष बास्कोटाले कोरोनाको प्रकोपसंगै विश्वभर आर्थिक मन्दी भएकोले बिदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थहरुको अभावको कारण नेपाली औषधि कम्पनीहरुलाई औषधि उत्पादन र वितरणमा समस्या भएको बताए ।