इन्द्रेणी संवाददाता
दाङ, २० भदौ । दाङमा कोरोना जोखिम बढ्न नदिन गरिएको निषेधाज्ञा अवज्ञा गर्ने १०९ जना कारवाहीमा परेका छन् ।
त्यसैगरी निषेधाज्ञा अवज्ञा गर्ने २० सवारीका साधनलाई पनि कारवाही गरिएको छ । जसमा मोटरसाइकल ४, अटो ४, ट्रक÷टिप्पर ८, टेक्टर र कारजीप २÷२ वटा रहेका छन् । मास्क नलगाएका ९ जनालाई पनि कारवाही गरिएको छ । उनीहरुलाई जरिवाना गर्दा ९०० रुपैयाँ संकलन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।