दाङ, १९ भदौ । लकडाउनले मात्र समस्याको समाधान हुन नसक्ने व्यवसायीहरुले बताएका छन् । त्यसैले लकडाउनको मोडेल परिवर्तन गर्ने उनीहरुले माग गरेका छन् । लामो सयम देखि लकडाउन भएपनि समस्याको समाधान हुन नसकेको भन्दै जिल्लाका व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका खुल्ला पदको केन्द्रीय सदस्य पदमा उमेद्धार विमल रिजालले निजी क्षेत्र समस्या नै समस्यमा रहेको बताए । ‘अहिले निजी क्षेत्र दलदलको अवस्थामा रहेको छ’ रिजालले भने । राज्यलाई निजी क्षेत्रले सहयोग गरे पनि राज्यले निजी क्षेत्रलार्इ सहयोग नगरेको उनको भनाइ रहेको छ । जिल्लामा रहेको लकडाउन खुकुलो वनाउदै जानु पर्ने उनको भनाइ रहेको छ । स्वास्थ्य सुरक्षा अपनाएर व्यसाय सञ्चालन गरिनुपर्ने रिजालले बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत (विरु) ले लकडाउनले पर्यटन, यातायात क्षेत्रमा वढी समस्या पु¥याएको बताए । निजी क्षेत्र धेरै समस्या भोग्दै अगाडि वढेको उनले बताए । नेपालीहरुका महान पर्वहरु नजिकीदै गएको कारण चार्डपर्वमा खाद्यान्न अभाव हुन नदिनका लागि सबै सहकार्य गरेर अगाडि वढनु पर्ने बताए । स्थानिय प्र्रशासन, स्थानीय तहसंँग सहकार्य गरेर अगाडि वढनुपर्ने उनको भनाइ थियो ।
हापुरे उद्योग वाणिज्य संघका ज्ञानबहादुर आइतबारेले समुदाय सम्म कोरोना जान वाट रोक्नका लागि बाहिरबाट आउने मानिसलार्इ क्वारेन्टाइनमा राखेर पीसीआर गरेर मात्र घर जाने व्यवस्था गर्नुपर्ने बताए । यसो गरेमा लकडाउन खुकुलो वनाएर अगाडि वढन सकिने उनको भनाइ थियो ।
राप्ती उद्योग वाणिज्य संघका जगत पोख्रेलले काम गरेर खाने बातावरण निर्माण गरिनुपर्ने बताए । लामो समयको वन्दको कारण अहिले भोकले मर्ने अवस्था आएको बताए । गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले लकडाउन मात्र समाधानको उपाय नभएको भन्दै यसलाई परिवर्तन गरिनु पर्ने बताए ।
सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले सहज रुपमा व्यापार व्यवसाय गर्ने वातावरण सृजना गर्नुपर्ने बताए । बैठक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । बैठकको सहजिकरण संघका कार्यालय प्रमुख धनेश्वर शर्माले गरेका थिए ।