इन्द्रेणी संवाददाता
दाङ, १८ भदौ । दाङमा जारी निषेधाज्ञाको अवज्ञा गर्ने १२२ जनालाई प्रहरीले कारवाही गरेको छ ।
त्यसैगरी मास्क नलगाएर हिडडुल गर्ने १६ जनालाई जरिवाना गरिएको छ । जसबाट १ हजार ६०० रुपैयाँ संकलन भएको छ । त्यस्तै निषेधाज्ञा उलंघन गरी सञ्चालनमा आएको ३५ वटा सवारीका साधनलाई कारवाही गरिएको छ । जसमा मोटरसाइकल २२, कार÷जीप ३, ट्रक÷टिप्पर ७ र अटो ३ वटा रहेका छन् ।