Indrenionline.com

भद्दैर प्रजातिको लोपोन्मुख कछुवाको उद्धार

तिर्थराज ज्ञवाली
देउखुरी, १८ भदौ । नदीको जलिय जैबिक विविधताका संरक्षण अभियान अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ मा गठित मंग्र जलीय जैविक विविधता संरक्षण समुहको पहलमा लोपोन्मुख कछुवा संरक्षण गरिएको छ ।

पछिल्लो वर्षा यामको समापन हुने क्रममा दोलाई खोलामा परम्परागत रुपमा माछामार्ने क्रममा भेटिएको घाइते कछुवालाई मौसम अनुकुल जिवन प्रदान गर्नका लागि देउकी सामुदायीक बन क्षेत्रको पोखरीमा छोडिएको छ ।

राप्ती गाउँपालिका वडा नं. ५ मा गठित मंग्र जलीय जैविक विविधता संरक्षण समुहले दोलई खोलामा रहेको जलीय जलचर संरक्षण सम्बन्धी काम गर्दै आईरहेको बारेमा विगतका दिनमा गाउँ टोल विद्यालयमा जनचेतना फैलाउदै आएको कारण १७ वर्षिय बालक देवी राम चौधरीले दोलाई खोलामा भेटाएको घाइते कछुवाको संरक्षण गर्नु पर्छ भन्ने उदेश्य राखी समुहलाई हस्तान्तरण गरेको बताए ।

भेटिएको भद्दैर प्रजातीको लोपोन्मुख कछुवालाई स्थानीय थारु समुदायमा सुपा जस्तो ठुलो हुने भएकोले सुप्पैहवा समेत भन्ने गरिएको छ । सो कछुवा १५ बर्ष पछि दोलई खोलामा देखिएको र यसको तौल ३० केजीसम्म हुने मंग्र जलीय जैविक विसवधता संरक्षण समुहका उपाध्यक्ष जगनारायण चौधरी र कोषाध्यक्ष मनि राम चौधरीले बताए ।

र्दुलभ माछा, कछुवा तथा अन्य संकटमा परेका जीव जन्तुहरुको संरक्षण गर्न विभिन्न कार्यक्रमको आयोजना गरिदै आएको राप्ती गाउँपालिका वडा नं। ५ बस्ने देवीराम चौधरीले बल्छीले माछमा मार्नेक्रममा करिव २ किलोको कछुवा देखेपछि समातेर घर लगी मंग्र जलीय जैविक विविधता संरक्षण समुहका कोषाध्यक्ष मनि राम चौधरीलाई जानकारी गिराएका थिए ।

मंग्र जलीय जैविक विविधता संरक्षण समुहको पहलमा भेटिएको भद्दैर प्रजातीको लोपोन्मुख बच्चा कछुवा लाई देउकी सामुदायीक बनका अध्क्षय जोखु चौधरी संग समन्वय गरी देउकी समुदायक वनमा रहेको पोखरीमा वडा सदस्य शिवा भटराई लगायतको सहभागीतामा पोखरीमा छोडि उद्धार गरिएको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका राममोति चौधरीले जानकारी दिए ।