दाङ, १६ भदौ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले सेवा बन्द गरेको छ ।
अर्काे सूचना जारी नहुँदासम्म सेवा बन्द गरिएको प्रजिअ रिजालद्धारा जारी सूचनामा उल्लेख छ । प्रशासनमा स्थापन गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।