Indrenionline.com

चिकित्सकमा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल सिल

इन्द्रेणी संवाददाता
दाङ, १४ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सिल गरिएको छ । शनिवार अस्पतालमा कार्यरत दुईजना चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको हो ।

अस्पताल सिल गरिएपछि नयाँ भर्ना रोकिएको छ । नयाँ विरामी भर्ना नलिएपनि अस्पतालमा रहेका विरामीको उपचार भने हुने अस्पतालले जनाएको छ । हिजो नै वसेको अस्पताल व्यवस्थापन समितिको बैठकले अस्पताल सिल गर्ने र नयाँ भर्ना नलिने निर्णय गरेको हो । अस्पतालका फोकल पर्सन दोर्ण वलीका अनुसार अस्पतालका बाँकी सबै चिकित्सक र विरामीको नमूना परीक्षण गरिनेछ ।

शनिवार अस्पतालमा कार्यरत दुईजना विषेशज्ञ चिकित्सक, ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।