इन्द्रेणी संवाददाता
दाङ, १३ भदौ । दाङमा मास्क नलगाएर हिडडुल गर्ने १३२ जना कारवाहीमा परेका छन् । मास्क अनिवार्य गरेको दुई दिनको अवधिमा १३२ लाई कारवाही गरेको हो । कारवाही गर्दा उनीहरुबाट १३ हजार २०० जरिवाना रकम समेत संकलन भएको छ ।
जिल्लामा कोरोना संक्रमणलाई फैलिन नदिनका लागि भदौ ११ गते दाङमा मास्क अनिवार्य र सवारीका साधनमा जोरविजोर प्रणाली लागु गरेको थियो ।