इन्द्रेणी संवाददाता
दाङ, १२ भदौ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले दाङमा एक साताका लागि लकडाउन हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज शक्रवार वसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय गरेको हो ।
साथै यो अवधिमा जिल्लामा पीसीआर परीक्षणको दायरा बढाउने र भदौ २१ गते पछि जिल्लाको अवस्थाको विश्लेषण गरी जिल्ला प्रशासन कार्यालय दाङले निषेधाज्ञाको अवधि थप एक सातासम्म बढाउन सक्ने छ । जिल्लामा कोरोना संक्रमणलाई फैलना नदिनका लागि स्वास्थ्य कार्यालय दाङ र स्थानीय पालिकाहरुले समन्वय गरी परीषणको दायरा बढाउने समते बैठकले निर्णय गरेको छ ।
