इन्द्रेणी संवाददाता
दाङ, १० भदौ । दाङमा प्रहरीले युरिया मल निर्धारण गरेको मूल्यभन्दा दोब्बर मूल्यमा विक्री गरेको आरोपमा तीन जनलाई पक्राउ गरेको छ ।
साउन २२ गते गढवा बजार र त्यसको आसपासमा रासायनिक मल विक्रीमा कालोबजारी भइरहेको सूचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङले अनुगमन गरेको थियो ।
सो क्रममा उनीहरुले युरिया मल दोब्बर मूल्यभन्दा पनि बढीमा विक्री गरेका पाइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।