तुलसीपुर, १० भदौ । करिब ६ महिनादेखि भएको लकडाउनका कारण विद्यालय जाने उमेरका बालबालिकाहरु घरभित्रै रहेका छन् । कोरोना संक्रमणको महामारीले गर्दा विद्यालय वन्द अवस्थामा रहेका छन् । घरमै रहेका बालबालिकालाई सृजनशील वनाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न खालका प्रतियोगिताहरु सञ्चालन गर्न लागेको छ ।
प्रतियोगिताको पहिलो चरणका चित्रकला प्रतियोगिता आयोजना गरिएको पनि उनले वताए । शिक्षा शाखाका विद्यालय निरीक्षक मानवहादुर खड्काका अनुसार तीन तहमा चित्रकला प्रतियोगितको आयोजना गरिएको छ ।
‘मावि तहले ‘कोभिड १९ को जोखिम तथा न्यूनिकरण’, आधारभूत तह ६ देखि ८ ले ‘प्राकृतिक प्रकोप र न्यूनिकरण’, आधारभूत तह १ देखि ५ ले ‘म र मेरो विद्यालय’ शीर्षकमा चित्र वनाउनुपर्नेछ’ खड्काले भने । उनले विद्यालयमा भदौ १९ गतेसम्म चित्र पु¥याइसक्न र विद्यालयले २१ गतेभित्र शिक्षाशाखामा वुझाउनका लागि पनि अनुरोध गरे । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई विशेष पुरस्कारको समेत उपमहानगरपालिकाले जानकारी गराएको छ ।