इन्द्रेणी संवाददाता
दाङ, १० भदौ । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा उनीहरुलाई लमही नगरपालिका ३ श्रीगाउँस्थित कृष्णप्रसाद खनालले सञ्चालन गर्दै आएको ड्रिमल्याण्ड होटलबाट भदौ ८ गते पक्राउ गरिएको हो । होटलको पूर्वतर्फको कोठामा लागुऔषधको कारोवार गर्दै गरेको अवस्थामा फेलय पारिएको प्रहरीले जनाएको छ ।
सो क्रममा खान्तलासी गर्दा शालिकरामको कृतिम दाहिने खुट्टाको घुडामुनी लुकाइ राखिएको अवस्थामा ब्राउन सुगर फेलय परेको थियो । उनीहरुबाट ३९ ग्राम ब्राउन सुगर, उनीहरुले प्रयोग गरेको बा १२ च २११६ नम्बरको स्कारपिओ जीप पनि नियन्त्रणमा लिइएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले बताए ।