इन्द्रेणी संवाददाता
दाङ, ८ भदौ । दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
ती कर्मचारीहरुलाई केही दिनदेखि ज्वरो आउनेजस्ता कोरोनासँग मिल्दोजुल्दा लक्ष्यण देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैंकका घोराही शाखा प्रमुख पदमकुमार केसीले बताए । कोरोना संक्रमण देखिनेमा घोराही उपमहानगरपालिका वडा नं. १४ का एक जना, वडा नं. १५ का एक जना हुन् भने एक जना भने काठमाडौंका रहेको बैंकले जनाएको छ ।
बैंकका तीन जना कर्मचारीमा कोरोना देखिएपछि बैंकले तत्कालका लागि सेवा बन्द गरेको छ । शाखा प्रमुख केसीका अनुसार घोराही शाखाका सबै कर्मचारीको स्वाब परीक्षण गरेपछि मात्रै बैंकको सेवा सुचारु हुने छ ।