काठमाडौं २८ असार । पछिल्लो समय चिडियाखानाको गतिविधिमा विद्यार्थीको उत्साहजनक सहभागिता भएकाले यसलाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने बताइएको छ । चिडियाखानाका प्रमुख सरिता ज्ञवालीसँग गरिएको कुराकानीमा उहाँले चिडियाखाना सञ्चालनका लागि छुटृै नीति बनाउन र शैक्षिक संस्थाको रुपमा विकास गर्न अत्यन्तै आवश्यक रहेको बताउनुभएको हो ।
बालबालिकालाई नियमितरुपमा यस्ता स्थानको अवलोकन गराउँदा उनीहरुले जीव जनावरप्रति गर्ने व्यवहारमा सकारात्मक परिवर्तन आउने छ । झन्डै ४०० बालबालिका चिडियाखानामा रहेका जीव जनावरलाई खाना खुवाउने, सरसफाइलगायतको काममा सहभागी हुँदै आएको व्यवस्थापनले बताएको छ ।