इन्द्रेणी संवाददाता
दाङ, ६ भदौ । दाङ प्रहरीले नगद साढे एक लाखसहित नौ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा उनीहरुलाई शुक्रवार साँझको समयमा एक लाख ५८ हजार ३०० नगदसहित तासका गड्डीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । उनीहरुमाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।