तुलसीपुर, ५ भदौ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले नारीहरुको पर्व तीजको अवसरमा सम्पूर्ण नगरबासीहरुलाई शुभकामना दिएकी छिन् ।
‘यो वर्ष हामी फरक परिस्थितिमा रहेका छौं, कोरोना महामारीबाट जोगिन हामी सुरक्षित हुनुपर्दछ म सबैलाई यो विषम परिस्थितिमा घरमै मनाउँन अनुरोध गर्दछु ’ शुभकामना सन्देशमा उल्लेख छ ।
तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व भएको समेत उल्लेख गरिएको छ ।
शुभकामना सन्देशमा लेखिएको छ ‘महिलाहरु पनि विस्तारै राजनीतिक मुलधारमा आउँदै छन् यसलाई हामीले अवसरका रुपमा पनि लिन सकिन्छ’ । उपप्रमुख आचार्यले महिलाहरुको अवस्था पछिल्लो समय सुधारिदै जान थालेपनि तर्फ पनि संकेत गरेकी छिन् ।