इन्द्रेणी संवाददाता
दाङ, ३ भदौ । दाङमा आज बुधवार ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बबई गाउँपालिकाका ३ जनामा कोरोना देखिएको हो ।
प्रतिष्ठानका अनुसार बबई गाउँपलिकाबाट संकलन गरिएका ८० जनाको स्वाबमध्ये १० जनाको परीक्षण गरिएको र त्यसमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । दाङमा पनि पछिल्ला दिनहरुमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको छ ।