तिर्थराज ज्ञवाली
दाङ, ३ भदौ । राप्ती गाउँपालिका वडा नं २ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७६७७ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०७७/७८ को योजना तथा कार्यक्रमको वडा नं २ ले समाजिक दुरी कायम राख्दै सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिकरण गरेको हो ।
कार्यक्रममा वडा कार्यालयले प्रदान गरेका सेवा आव २०७६/७७मा सम्पादन भएका कामहरुको वारेमा जानकारी गरिएको छ । गत वर्षमा वडाले नागरिकता तथा नागरिकताको प्रतिलिपीे सिफारिस १५१ वटा, जन्मदर्ता , मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दता, सम्बन्ध विच्छेद दर्र्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण गरिएको संख्या जानकारी गरिएको थियो ।
गाउँपालिकाको कृषि तथा पशुसेवा शाखाका कार्यक्रम मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम लगायतका कार्यक्रम कार्यान्वयनमा सहजीकरण गरिएको समेत जानकारी गरिएको थियो ।
वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता तथा प्रदेश नं ५ सदस्य माननिय इन्द्रजित थारुको प्रमुख आथित्यता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको समिक्षा , सार्वजनिकरण र सार्वजनिक सुनुवाइ कार्यक्रममा गत वर्षको योजना तथा कार्यक्रमका वारेमा बुदागत रुपमा जानकरी गरिएको छ ।