Indrenionline.com

प्रदेश ५ सरकारले दियो थारु समुदायको अट्वारीमा सार्वजनिक विदा

घोराही, ३ भदौ । प्रदेश ५ सरकारले थारु समुदायको बडका अट्वारी पर्वमा सार्वजनिक विदा दिएको छ ।

भदौ ७ गते पर्ने उक्त पर्वका दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा भएको जानकारी दिएको छ ।