दाङ, ३ भदौ । नेपाल तरुण दल घोराही उपमहानगरपालिका वडा नं २ रामपुरले स्थानीय युवाहरुलाई खेलकुद सामाग्री बितरण गरेको छ । तरुल दलले घोराही उपमहानगरपालिका वडा नं २ का बालापुर, निमुरिया, सुर्केडाँगी, कालीमाटी टोलका युवाहरुलाई फुटवल, भलिवल, नेट, फुटवल पोल लगायतका खेलकुद सामाग्री बितरण गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नं २ लाई खेलकुदमय वडा बनाउने योजनाका साथ आफूहरुले युवाहरुलाई एकिकृत गरी अघि बढेको घर्तीले बताए । आफू खेलाडी भएका कारण खेलका माध्यमबाट युवाहरुलाई अनुशासन, सहयोगी र सक्रिय रुपमा अघि बढाउने सकिने भएको हुदा तरुण दलले पनि सोही योजन अनुसार काम गरिरहेको तरुण दलले जनाएको छ ।
वडा नं २ का बाँकी अरु टोलका युवाहरुलाई छिटै खेलकुद सामग्री बिरतण गरिने योजना रहेको तरुण दलका अध्यक्ष घर्तीले बताए । स्थानीय युवाहरुले आफूहरुको खेलकुद खेल्ने समूह तयार गरी त्यहाँ खेलकुदका क्रियाकलाप भइरहेको र सो कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले काम थालिएको जनाइएको छ ।