Indrenionline.com

तुलसीपत्र दैनिक दुई वर्षमा प्रवेश

तुलसीपुर, २ भदौ । दाङको तुलसीपुरबाट प्रकाशित हु्ँदै आएको तुलसीपत्र राष्ट्रिय दैनिक पत्रिका दुई बर्षमा प्रवेश गरेको छ । गएको बर्ष भदौ २ गतेदेखि प्रकाशन शुरु गरेको पत्रिकाले आजदेखि दुई वर्षमा प्रवेश गरेको हो ।

प्रकाशक मनुराज शर्माले पत्रिकालाई यो अबस्थासम्म ल्याउन सहयोग गर्नु हुने सम्पूर्ण पाठक, विज्ञापनदाता, पत्रकार, स्तम्भकार, जनप्रतिनिधिलगायतमा धन्यवाद दिएका छन् ।