इन्द्रेणी संवाददाता
दाङ, ३१ साउन । दाङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा तुलसीपुरका नौ जना र घोराहीका एक जना गरी दश जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यसैगरी स्टार अस्पताल सानेपामा गरिएको पीसीआर परीक्षणमा दाङका एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै दाङमा कुल कोरोना संक्रमितको संख्या ७०१ जना पुगेको छ । दाङमा दुई जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।