शान्तकुमार बुढा मगर
भौवानाका, २८ साउन । बर्षातका कारण बाढीले कुलोको बाध भत्काए पछि करिब ३५ बिगाहाभन्दा बढी जमिनमा सिंचाइँ सुविधा दिदै आएको कुलो अबरुद्ध भएको छ ।
“गत असारमा पनि बगाउने लागेको थियो केही जाली बगाए पछि हामीले पुनः जाली भरेर मर्मत गरेका थियौं तर मंगलबारको पानीले पुरै बगायो करिब ३५/४० लाखभन्दा बढी नोकसानी गरायो”, उनले भने । करिब ३० मिटर भन्दा लामो खोलोपार गराउन बनाइएको डुरलाई बाढीले पाँच वर्ष पहिले आधाभन्दा बढी बगाएर लगेपछि स्थानीयले पाइप प्रयोग गर्दै आइरहेका थिए ।
गत फागुनमा योजना सम्पन्न गर्न सकिने थियो । तर सिचाइ बिभागका डिइले नाकावासीलाई उपेक्षा गरेर प्रारम्भिक अध्ययन र नापजाप नगर्दा काम हुन सकेन । मावि भौवानाकाका अध्यक्ष श्यामबहादुर झार्कीले बताए । धेरै पटक जिल्ला सिचाइँमा गएर नाकामा जान अनुरोध गरे पनि आउन मानेन र हामीले प्रदेश मन्त्रालयमा समन्वय गरेपछि मन्त्रीले जान अनुरोध गर्दा समेत सिचाइँका हाकिम साबले मन्त्रीलाई नै उपेक्षा गरेर जानुभएन उनले भने।
दुई/दुई पटक सम्म डि.ई. कै कारणले बजेट डिसमिस भयो । पोहोर साल भदौदेखि सिचाइमा धाइयो लकडाउन सम्म सम्म्पन्न हुने योजना राजनितिक खिचातानीले त होला रु भौवा कुलो ब्यबस्थापन समितिको अध्यक्ष कामीले बताए ।
नाकामा प्रमुख खेतीको रुपमा मकै, धान, गहुँ, अरहर तथा दाल जन्य उत्पादन हुने गर्छ । बर्षात पछि नाकाका जमिन सुख्खा हुने र अब कुलो नहुँदा किसान मर्कामा परेको नाकावासीको गुनासो छ ।