इन्द्रेणी संवाददाता
दाङ, २७ साउन । नागरिक समाज दाङले महेन्द्र बहुमुखी क्याम्पस दाङमा कार्यरत आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखलाई दुव्र्यवहार गर्नुका साथै क्याम्पसका भौतिक संरचना तोडफोड तथा आगजनी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आगामी दिनमा आन्दोलन गर्दा या आफ्ना मागहरु राख्दा शान्तिपूर्ण रुपमा प्रस्तुत हुन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।