इन्द्रेणी संवाददाता
दाङ, २७ साउन । दाङका २९ जना नेपाली सेनामा कोरोना देखिएको छ । भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरस्थित १९ नम्बर वाहिनेका २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी दाङमा एक जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा शान्तिगर गाउँपालिकाका २ का ९ वर्षका बालकमा कोरो पुष्टि भएको हो ।