दाङ, २६ साउन । तुलसीपुर उद्योग वाणिज्य संघले हालै नियुक्त भएका तीन जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गिरीले आफूले दाङ लगायत प्रदेश ५ का जनताबाट पक्षमा र यहाँको विकासमा सधै प्रतिवद्ध रहने बताए ।
त्यस्तै भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य बस्नेतले अव्यवस्थित बसोबास रहेका जिल्लाका सवै भू–भागमा भूमिहिनहरुको वास्तविक लगत लिन थालेको बताए ।
त्यस्तै नेपाली कांग्रेसको केन्द्रिय यातायात विभागमा नवनियुक्त केन्द्रिय सदस्य हमालले आफ्नो यातायात क्षेत्रमा क्रियाशील लामो समयसम्मको अनुभवलाई पार्टीले उच्च मूल्याङ्कन गरेकोमा पार्टीलाई धन्यवाद दिदै सार्वजनिक यातायात क्षेत्र धरासायी भएको अवस्थामा यसलाई सुधार गर्न आफूलाई सुम्पेको जिम्मेवारीलाई इमान्दारीका साथ पुरा गर्ने बताए ।