दाङ, २५ साउन । नेपाल आदिबासी जनजाती महासंघ दाङको पहलमा जिल्लाका अतिबिपन्न परिवारलाई राहत बितरण गरिएको छ । जिल्लामा रहेका कुसुण्डा, कुमाल र बोटे समुदायका लागि राहत उपलब्ध गराइएको हो ।
महासंघले प्रति परिवार २४ किलोग्राम चामल, दुई लिटर तेल, दुई किलोग्राम दाल र दुई किलोग्राम नून प्रदान गरिएको महासंघका जिल्ला सचिब लिला चौधरीले जानकारी दिनुभएको छ । लामो समयको बन्दाबन्दीका कारण लोपोन्मुख अबस्थामा पुगेका कुसुण्डा समुदायलाई लक्षित गरी राहत बितरण गरिएको सचिब चौधरीले जानकारी दिनुभएको छ ।
राहत बितरण कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष रामबहादुर कुमाल, उपाध्यक्ष कमला कुसुण्डा, सचिब लिला चौधरी, कुसुण्डा बिकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, आदिबासी जनजाती महासंघका जिल्ला सदस्य लक्षुमण बुढा मगर, फोनिज दाङका जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जा मगरको सहभागीता थियो ।