इन्द्रेणी संवाददाता
दाङ, २३ साउन । नेपाल पत्रकार महासंघ दाङले हालै सम्पन्न जिल्ला समन्वय समिति दाङको चौथो जिल्लासभाबाट लमही तुलसीपुर सडकखण्डको नाम नयाँ राख्ने भनी गरिएको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इच्छुक नेपाली पत्रकारिताका महान सहिद तथा सामाजसेवी साहित्यकार भएका उल्लेख गर्दै उहाँको सम्मानका लागि सो सडकखण्डको नाम उहाँकै नामबाट राखिसकेकाले निर्णय तत्काल फिर्ता लिन आग्रह गरिएको छ । आफ्नो आग्रहलाई वेवास्था गरिए आन्दोलन गर्न वाध्य हुने समेत विज्ञप्तिमा उल्लेख छ ।