इन्द्रेणी संवाददाता
दाङ, २३ साउन । नेपाल प्रहरीले आफूले गर्दै आएको जनसेवामा हुँदैआएका कमी कमजोरीहरु औल्याइदिन आग्रह गरेको छ ।
विभिन्न समयमा प्रहरीले नचाहदा नचाहदै पनि कुनै प्रहरी अधिकारीबाट विभिन्न पदियमर्यादा वाहिरका गतिविधि हुने गरेकाले यस्ता गतिविधिलाई सुधार गर्दै प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउन सहयोग गर्द आग्रह गरिएको छ ।
केन्द्रीय कार्यालयबाटै यस्तो निर्देशन भएअनुसार दाङ जिल्ला प्रहरीले पनि प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउन सहयोग गर्न आग्रह गरेको छ । प्रहरीले विभिन्न शीर्षकमा गुनासो गर्न सकिने जनाएको छ ।