शान्तकुमार बुढा मगर
घोराही, २३ साउन । अनेरास्ववियु दाङले जिल्ला समन्वय समितिको चौथो जिल्ला सभाबाट लमही-घोराही-तुलसीपुर सडकको नामाकरण परिवर्तन गर्ने भनी गरेको निर्णयको विरुद्ध बिरोध जनाएको छ ।
जिल्ला सभाले नेपाल सरकारको निर्णयविरुद्ध प्रतिगामी र पश्चगामी निर्णय गरेकोले आफूहरुले सांकेतिक बिरोध स्वरुप घोराहीको ट्राफिक चोक देउखुरीको अर्जुनखोलामा आजै र भोलि तुलसीपुरमा कृष्णसेन इच्छुक मार्गको बोर्ड राख्ने अनेरास्ववियुका केन्द्रिय सदस्य सन्तोष पोखरेलले बताए।
पोखरेलले २०६८ साल पुस ५ गते बसेको मन्त्रीपरिषदको बैठकले जनयुद्ध जनआन्दोलनका महान सहिदहरुको विभिन्न विधाका सम्मानित ब्यक्तिहरुको नाममा सडक मार्गहरुको नाम राख्ने काम गर्यो सोही अनुरुप लमही-घोराही-तुलसीपुर सडकखण्डलार्इ सहिद कृष्णसेन इच्छुक मार्ग राखेको हो । तर जिल्ला सभाले तत्कालीन नेपाल सरकारको निर्णयविरुद्ध पश्चगामी र प्रतिगामी निर्णय गर्दै नयाँ नाम राख्न निर्णय गरेको छ यो महान सहिदहरुप्रति गरिएको अपमान हो जस्को हामी घोर भत्सर्ना गर्छौ ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य गोपाल घर्ती दाङका जिल्ला संयोगक जंग रोकालगायत जिल्ला सदस्यहरुको उपस्थित थियो ।