Indrenionline.com

तुलसीपुरमा सरसफाई अभियानको मोडेल परिवर्तन

तुलसीपुर, २२ साउन । तुलसीपुरमा जारी सरसफाई अभियानको मोडल परिवर्तन गरिएको छ । बन्दाबन्दी हुनु भन्दा अघि प्रत्येक हप्ताको मंगलवार ग्रीन तुलसीपुर क्लिन तुलसीपुर सरसफाई अभियान अन्र्तगत तुलसीपुर क्षेत्रमा सरसफाई हुदै आएको थियो । तर कोरोना भाईरसको माहामारीका कारण अभियानको १८७ औँ हप्ताबाट स्थगित भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विहिवार तुलसीपुरमा बसेको सरोकारवालाहरुको बैठकले अभियानको मोडेल परिवर्तन गरी निरन्तरता दिने निर्णय गरेको तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिएका छन् ।

बैठकले आगामी दिनमा प्रत्येक महिनाको १५ र ३० गते दुई पटक सरसफाई अभियान सन्चालन गर्ने निर्णय गरेको हो । क्रियाशिल एक दर्जन बढि सामाजिक संघसंस्था तथा सामाजिक अभियान्ताहरुको सहभागिता रहेको बैठकले आबश्यकताको आधारमा सरसफाईको बेलाबेलामा अनुगमन गर्ने, बृक्षारोपणको संरक्षण गर्ने लगाएतको निर्णय गरेको छ ।