इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सरकारले ल्याएको योजनालाई समय सीमाभित्र प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न स्थानीय निकायहरुलाई आग्रह गरेका छन् ।
उनले सरकारले विजियोजन गरेको बजेट काम नगरेर फिर्ता हुने गरी काम भएको विकासले गति नलिने र यसो भएमा यसरी वसेर छलफल गर्नुको कुनै औचित्य नहुने धारणा राखे । सो अवसरमा जिल्ला समन्वय समितिका जितेन्द्रमान नेपालीले विकासका काममा सबै स्थानीय तहले समन्वय गरेर अघि वढ्न आवश्यक रहेको बताएका थिए ।