इन्द्रेणी संवाददाता
दाङ, १९ साउन । दाङमा जंगली जनवारलाई थापेको पासोमा परेर दुई जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नं. १ हर्नकवस्ने ३५ वर्षका दिलबहादुर राउतले मकै खाने जनावरका लागि मकैबारीमा थापेको विद्युतिय (करेन्ट) पासोमा परेर उनका दुई छोराको ज्यान गएको छ ।
छोराहरुलाई करेन्ट लागेपछि कराएको र बुबा पनि त्यहाँ जादा उनलाई पनि करेन्ट लागेको थियो । घाइते बुबा दिवबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।