दाङ, १८ साउन । जिल्लाप्रशासन कार्यालय, दाङले आजदेखि दाङमा राष्ट्रिय परिचय पत्र वितरण शुरु गरेको छ । राष्ट्रिय परिचय पत्र वितरणसम्बन्धी कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय परिचय पत्र वितरण शुरु गरिएको हो ।
ब्यक्तिको राष्ट्रिय पहिचान, मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा परिचय पत्र उपयोग गर्न सकिन्छ।
जिल्लामा अहिले नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्य जारी रहेको र केही दिनपछि इलाका प्रशासन कार्यालयमार्फत पनि काम शुरु गरिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।