इन्द्रेणी संवाददाता
दाङ, १३ साउन । कोरोना भाइसर संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका कारण दाङमा एक सय बढी व्यवसायीहरु विस्थापित भएका छन् । बन्दाबन्दीका कारण व्यवसाय सञ्चालन गर्न नपाउदा उत्पन्न समस्याका कारण ती व्यवसायीहरु विस्थापित भएका हुन् ।
‘हामीले पटक पटक स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिहरुसँग पनि समस्याबारे छलफल गरेका थियौं, यो वेलामा व्यवसायीलाई व्यवसायमै टिक्न सक्ने वातावरण बनाउनुपर्छ भनेर’, उनले भने, ‘त्यो आवाज न सरकारले सुन्यो न घरधनीले नै भाडा अन्तः व्यवसायी विस्थापित हुनुप¥यो ।’
दाङ जिल्ला उद्योग वाणिज्य संघकै अनुरोधमा केही घरधनीहरुले बन्दाबन्दीको समयको लाखौको घरघाडा छुट दिएर सहयोग गरेको पनि उनले बताए । तर केहीले भने भाडाको ताकेता गरेकै कारण व्यवसायीहरु विस्थापित हुने अवस्था आएको हो ।
विस्थापित हुनेहरुमा स–साना होटल तथा रेष्टुरेन्ट, नास्ता पसललगायतका रहेका छन् । सरकारको बन्दाबन्दीलाई सफल पार्न खुलेर सहयोग गरेका व्यवसायीहरुलाई विस्थापित हुने अवस्थामा पुग्न दिनु सरकारकै कमजोरी भएको अध्यक्ष भुसालको भनाइ छ ।