दाङ ११ साउन । जिल्ला समन्वय समिति दाङले चौथो जिल्ला सभाको तयारीको बारेमा पालिका प्रमुख तथा उपप्रमुखसँग छलफल गरेको छ । पालिकाका प्रमुख तथा उपप्रमुख जिल्ला सभाका सदस्य रहने व्यवस्था छ । सभामा लैजाने निती कार्यक्रममा केन्द्रीत भएर पालिका प्रमुख तथा उपप्रमुखसँग छलफल गरेको समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले वताए ।
‘ जनप्रतिनिधि आएको तिन वर्ष भयो । अव थोरै समय छ । यो समयलाई सदुपयोग गर्दै समग्र जिल्लाको विकास जोडने गरेर काम गर्नु पर्छ’ उनले भनिन ‘ त्यसको लागि सवै क्षेत्रको सहयोग र सहकार्य आवश्यक छ ।’
जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले प्रकाश पारेको कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख मायाँ आचार्य, लमही नगरपालिका उपप्रमुख देवका वेल्वासे,राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी,राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्मा, गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी र बगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्तीले पालिकाले गरेका काम र जिल्ला सभामा लैजाने कार्यक्रमका बारेमा सुझाव राखेका थिए ।
त्यसैगरी दाङ विकास सल्लाकार परिषदका सदस्यहरु विकिरण गौतम, रेवतीरमण भटराई, माधव गौतम, देवनारायण चौधरी, भरतराज न्यौपाने र नवराज सुवेदीले विचार राखेका थिए । जिल्ला समन्वय समितिले निकट भविश्यमा चौथो जिल्लासभा गर्ने तयार गरेको छ ।