Indrenionline.com

लागुऔषधसहित एक स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

इन्द्रेणी संवाददाता
दाङ, ११ साउन । दाङमा एक जना स्वास्थ्यकर्मी लागुऔषधसहित पक्राउ परेका छन् । बबई गाएँपालिकामा रहेको जनसेवा हेल्थ क्लिनिक एण्ड प्रतिक्षा मेडिकल हलका सञ्चालक कुशलराम केसी पक्राउ परेका हुन् । उनलाई प्रहरीले १११ वटा क्याप्सुल मोलयसेडसहित नियन्त्रणमा लिएको हो ।

तुलसीपुर ६ निवासी केसी विगत करीव दश वर्षदेखि हापुरेमा मेडिकल सञ्चालन गर्दै आएका थिए । उनलाई विशेष सूचनाका आधारमा उनको मेडिकमा छापा मारेर ट्रामाजोल ट्याव्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनले मेडिकालबाट लागुऔषधको कारोवार गर्दै आएको जनगुनासो समेत आएको प्रहरीले जनाएको छ ।