इन्द्रेणी संवाददाता
दाङ, ११ साउन । दाङमा बन्दाबन्दीको समयावधिमा झण्डै एक सय जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङक अनुसार चैत्र ११ गतेदेखि असारसम्ममा झुण्डीएर र विष सेवन गरेर ९८ जनाले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश भन्दका अनुसार आत्महत्या गर्नेहरुमा ७ वर्ष उमेर समूहदेखि ८७ वर्षका बृद्धबृद्धासम्म रहेका छन् ।