इन्द्रेणी संवाददाता
दाङ, १० साउन । दाङ प्रहरीले ६ केजी भन्दा वढी लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।
उनीहरुबाट कालो ल्पाष्टिकमा ७ वटा पोका बनाएर राखिएको अवस्थामा ६ केजी ९६९ ग्राम अफिम वरामद गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरुले प्रयोग गर्दै आएको लु ४० प ९८०६ नम्बरको पल्सर मोटरसाइकल, चार थान मोवाइल फोन पनि वरामद गरिएको छ ।
उनीहरुलई साउन ८ गते राप्ती गाउँपालिका १ भालुवाङ रातोडाँडा स्थित बस्ने सीता नगरकोटीको घरभाडामा लिई नुवाकोट जिल्ला हाल वेलकोटगढी नगरपालिका वडा नं. स्थायी घर भएका ३१ वर्षका मनोज पुडासैनीले सञ्चालन गर्दै आएको रोल्टी होटलमा कारोवार गर्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।