दाङ, १० साउन । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको एकान्त टोल बिकास संस्थाको आठौं बार्षिक साधारणसभा एंव चौथो अधिवेसन आज शनिवार सम्पन्न भएको छ । एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ट उपाध्याक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो क्रममा प्रमुख अतिथि पोख्रेलले स्थानीय सरकारको संसद टोल विकास संस्था रहेको बताएका थिए । उनले तीन तहको सरकारको संसद प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवधारणा अनुरुप कार्यान्वयनमा रहेपनि स्थानीय सरकारको काममा माथि प्रश्न गर्ने, सुझाव दिने, टिप्पणी गर्ने र रचनात्मक भुमिकामा उभिने निकाय टोल विकास संस्था रहेको बताए ।
यस्तै, कार्यक्रमका विशिष्ट अतिथि, विकासविद तथा रोटरी क्लव दाङका पूर्वअध्यक्ष तीर्थ पौडेलले विकासको अवधारण सडक कालो पत्रे भएर मात्रे नहुनेमा जोड दिएका थिए ।
गणेश मन्दिरलाई ५१ हजार रुपैया सहयोग
एकान्त टोलमा रहेको गणेश समाज सुधार समितिको ब्यवस्थापनमा सञ्चालित गणेश मन्दिरलाई टोलको एक साझा सम्पत्तीका रुपमा बिकास गर्नुपर्ने निष्कर्ष सहित मन्दिरको पहिलो तला निर्माणका लागि ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ । साधारणसभाले हरिकृर्तन भवनको पहिलो तला निर्माणका लागि टोल बिकास संस्थाबाट ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।
चार जना सम्मानित
यसैगरी टोलको बिकास निर्माण लगायतका काममा महत्वपूर्ण योगदान गरेको भन्दै साधारणसभा चार जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने, वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, एकान्त टोलका बासुदेव खनाल र बिश्वम शाही हुनुहुन्छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ट उपाध्याक्ष बिपुल पोख्रेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
अध्यक्षमा पुनः गौतम
अधिवेसनले एकान्त टोल बिकास समितिको आगामी तीन बर्षे कार्यकालका लागि पुनः शंकर गौतमको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिले चयन गरेको छ ।
आज भएको संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सर्वसम्मतिमा सो समिति चयन गरेको हो । जसको उपाध्यक्षमा शिवा शर्मा, सचिवमा हेमराज शर्मा, सहसचिवमा हेमराज अधिकारी र कोषाध्यक्षमा शरदकुमार आचार्य रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा मिनराज खनाल, देवीसरा केसी, जानका घर्ती, विन्दु थापा, इन्द्रमणि अधिकारी र कुमारबसन्त आचार्य रहेका छन् । कुल १ सय २१ सदस्य धरधुरी रहेको सो टोल विकास संस्थाको नयाँ नेतृत्वको कार्यकाल आगामी ३ वर्षको रहेको छ ।