इन्द्रेणी संवाददाता
दाङ, ७ साउन । प्रतिनिधि सभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराले पूर्व सांसद बर्मन बुढा मगरको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुढा २०४८ सालमा रोल्पा १ बाट निर्वाचित सांसद हुन् । उनी एउटा कम्युष्टि आदर्श तथा अडिक र निडर व्यक्ति भएको उल्लेख गर्दै महराले मृतक आत्मको चिस शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।